गुगललाई ५७ मिलियन डलर जरिवाना

एजेन्सी– फ्रान्सको डाटा निगरानी संस्था ‘सिएनआइएल’ले गुगलमाथि ५७ मिलियन डलर जरिवाना गरेको छ । गुगलमाथि युरोपको नयाँ डाटा प्राइवेसी कानुन उल्लंघन गरेको आरोपमा सो जरिवानमा लगाइएको हो । 

पहिलोपटक जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जिडिपिआर) प्रयोग गरी जरिवाना तिराइएको हो । गत वर्ष मे महिनामा जिडिपिआर कानुन लागू भएपछि गुगलविरुद्ध दुईवटा आरोप लगाइएको थियो । गुगलले आफ्नो नयाँ प्राइवेसी नीति मान्न प्रयोगकर्तालाई बाध्य बनाएपछि गुगललाई आरोप लागेको थियो ।

सिएनआइएलका अनुसार ‘हरेक दिन हजारौं फ्रेन्च प्रयोगकर्ता आफ्नो स्मार्टफोनबाट गुगल खाता खोल्ने गर्छन्, यस्तो अवस्थामा गुगलको जिम्मेवारी बढ्ने गर्छ ।’ 

गत वर्ष जुलाईमा पनि युरोपियन युनियनले गुगलमाथि प्रतिस्पर्धी नियम उल्लंघन गरेको पाइएपछि पाँच अर्ब डलर जरिवाना गरिएको थियो । सो समय गुगलमाथि सामसुङ, हुवायेसहित सबै स्मार्टफोन र ट्याबलेट बनाउने कम्पनीलाई गुगल सर्च इन्जिन र गुगल क्रोम ब्राउजर प्रि–इन्स्टल गर्न बाध्य बनाएको आरोप थियो । यसका लागि गुगलले कम्पनीमाथि एप्स प्रि–इन्स्टल नगरिए गुगल प्लेस्टोरको प्रयोग गर्न नमिल्ने दबाब दिएको थियो ।
 





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार ११:३७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया