एनसिसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

एनसिसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुई पटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 
 
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन साउन २२ गते दिउँसो ३ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिनेछ । 





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १०:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया