कर्णाली करिडोर एक सातादेखि बन्द
फाइल तस्वीर

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ । दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो ।

सडकमा गाडी थन्किएका छन् । लामो समयदेखि आफूहरू बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए ।

'म बाजुराका लागि सामान लिएर जादैँ थिए । लाफा सडकखण्ड आइतबारदेखि बन्द छ', उनले भने । हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन् । 

'हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्', पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने । सडक खुलाउनका लागि पहल थाले पनि डोजर नहुँदा समस्या भएको पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए ।

'सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ', उनले भने ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १३:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया