सवारीचालक अनुमतिपत्रको म्याद १० वर्ष बनाउने तयारी

काठमाडौं– सरकारले सवारीचालक अनुमतिपत्र नवीकरणको अवधि परिमार्जन गर्ने तयारी गरेको छ । सरकारले यातायात व्यवस्था ऐन संशोधन गर्दै नवीकरणको अवधि पाँच वर्ष थप गर्दै १० वर्ष बनाउने तयारी गरेको हो । 

यातायात व्यवस्था विभागका अनुसार नयाँ सवारी तथा यातायात ऐन–२०५७ मा सवारीचालक अनुमतिपत्रको अवधि पाँच वर्ष छ । तर, उक्त अवधि छोटो भएको भन्दै विभागले नवीकरणको अवधि लम्ब्याउने प्रस्ताव नयाँ ऐनमा गरिएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । 

‘नयाँ ऐनका लागि करिब दुई महिनादेखि विभागमा काम भइरहेको छ,’ उपाध्यायले भने । यसका लागि सुझावसहितको मस्र्यौदा तयार गरी मन्त्रालय पठाउने भए पनि केही समय लाग्ने विभागले जनाएको छ । 

यातायात क्षेत्रमा सुधार गर्नका लागि पनि ल्याउन लागिएको नयाँ ऐनमा सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना बढाउनसमेत प्रस्ताव गरिएको छ । 

पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्दा सवारी दुर्घटना बढिरहेको छ । सबैलाई नियम पालना गराउने उद्देश्यका साथ विभागले हालको जरिवाना बढाउने प्रस्ताव गरेको हो ।
 





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १३:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया