संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै ओलीको आक्रोश
फरकधार / १५ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको उनको जिकिर छ । 



साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नै गायब गरिएको दाबीसमेत गरे । 



ओलीले हाम्रा चाडपर्वहरुले सामाजिक सुसम्बन्धलाई बलियो बनाएको पनि स्पष्ट पारे । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए । 



अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरुले नातागोतामा टुटेको सम्बन्धलाई पनि जोड्ने काम गरिरहेको स्मरण गराए । 







  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १८:१७:२१,   अन्तिम अपडेट : साउन १५, २०७९ आइतबार १८:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया