नम्रता सापकोटा इन्स्टा एजुकेसनल कन्सल्टेन्सीको ब्राण्ड एम्बास्डर

इन्स्टा एजुकेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बास्डरमा नायिका तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छिन् । 

आइतबार एक कार्यक्रमबीच विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको कन्सल्टेन्सी र नायिका नम्रताबीच सम्झौता पत्र आदानप्रदान भएको हो ।  

उनी ब्राण्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो । ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि नम्रताले आफूमाथि थप जिम्मेवारी थपिएको बताइन् । आफूले बोल्दा कसैको जीवनसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्राण्ड एम्बास्डर बन्ने निर्णय गरेको उनको दाबी छ । 

उच्च शिक्षाका लागि विदेश जानपरे कल्सलटेन्सीमा आएर बुझ्न आग्रह गर्दै उनले भनिन्, ‘विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न म सञ्चालकहरुलाई सधैँ झक्झकाइरहनेछु ।’

इन्स्टा एजुकेसनल कन्सल्टेन्सी एण्ड भिसा सर्भिसेजको अस्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको छ । यस कन्सल्टेन्सीबाट अस्ट्रेलियासँगै क्यानडा, अमेरिकालगायत राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने विश्वास लिएको एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताए । 

विद्यार्थीहरुले पनि बाहिर उच्च शिक्षाका लागि अध्ययन गर्न जाँदा सम्बन्धित देशको बारेमा बुझ्न र कन्लसटेन्सीले बुझाउन आवश्यक रहेको उनको भनाइ छ । 



कन्सल्टेन्सीको कार्यालय उद्घाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेललगायतको पनि उपस्थिति थियो ।
 



  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १८:२५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया