नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा स्वदेश फर्केकी छन् । भारतमा उपचार सकेर देउवा आइतबार स्वदेश फर्किएकी हुन् ।
आरजुको भारतमा पाठेघरसम्बन्धी रोगको उपचार गरिएको थियो । भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले उपचारपछि आरजु स्वदेश फर्किएको जानकारी दिए ।
आरजु गत असार २६ गते उपचारका लागि भारत गएकी थिइन् । दिल्लीमै रहेका बेला उनको माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता भएको थियो । सो विषयमा नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभन्न अड्कलबाजी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।