सेयर बजारमा सामान्य सुधार, ४‍.१५ विन्दुले बढ्यो नेप्से

काठमाडौं– धितोपत्र बजारमा आज सेयरको मूल्य बढेको छ । आज कारोबार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर १,१७२.९८ विन्दुमा पुग्यो । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १६३ कम्पनीको १० लाख २ हजार १०७ कित्ता सेयर २४ करोड ७७ लाख ४३ हजार १५५ रुपैयाँमा खरिद बिक्री भयो । 

कारोबार भएका कुल ११ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्यो भने नौ उपसमूहको सेयरमा वृद्धि भएको छ । 

उत्पादन ३१.६ र जीवन बिमा २७.३१ विन्दुले घट्दा बैंकिङ १.४९, व्यापार २.८७, होटल ०.२१, विकास बैंक ६.८६, जलविद्युत् ३१.४८, वित्त ०.७९, निर्जीवन बिमा ५८.०६,अन्य ३.३९ र लघुवित्त १२.९९ विन्दुले बढेका छन् । स्टकका अनुसार आज सानिमा इक्वीटी फन्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोसी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् । 

यस्तै, जोशी हाइड्रोपावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, तिनाउ डेभलपमेन्ट बैंक, युनिलिभर नेपालका सेयरधनीले आज गुमाएका छन् । 





  • प्रकाशित मिति : माघ ९, २०७५ बुधबार १६:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया