साफ यु–२० : भारतसँग नेपालको फराकिलो हार

साफ यु–२० च्याम्पियनसिपअन्तर्गत आइतबार सम्पन्न खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपालले घरेलु टोली भारतसँग ८–० को फराकिलो हार बेहोरेको हो ।

भुवनेश्वस्थित कालिंगा स्टेडियममा खेलको ३२अ‍ौँ मिनेटमा टाइसन सिंहले भारतलाई अग्रता दिलाएका थिए । पार्थिव गोगोइले ५२अ‍ौँ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसको एक मिनेटमै पार्थिवले व्यक्तिगत दोस्रो तथा भारतका लागि तेस्रो गोल गरे । 

६२अ‍ौँ मिनेटमा पाथुप गिमानाले गोल गर्दैै भारतलाई ४–० ले अघि बढाए । ७१अ‍ौंँ मिनेटमा पाएको पेनाल्टी अवसरमा हिमांशु झांग्राले गोल गर्दै घरेलु टोलीलाई 
५–० ले अघि बढाए ।

ले ७८अ‍ौँ मिनेटमा मोहमद रिकाज तथा ८९अ‍ौँ मिनेटमा गुर्किरत सिंहले गोल गर्दा भारत ७–० ले अघि बढ्यो । थप गरिएको समयमा सुभो पलले गोल गरेपछि घरेलु टोलीले ८–० को फराकिलो जित निकाल्यो । 

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भए पनि ‘हेड टु हेड’मा भारत अघि छ । १–१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिएका छन् ‌‌।

अझै पनि नेपाल फाइनल प्रवेश गर्ने सम्भावना भने जीवितै छ । मंगलबार हुने खेलमा नेपालले बंगलादेश तथा भारतले माल्दिभ्सको सामना गर्नेछन् ।





  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार २१:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया