इंग्ल्याण्डलाई पहिलाेपटक युराेकप फुटबलको उपाधि

आयोजक इंग्ल्याण्डले महिला युरोकपको उपाधि जितेको छ । गएरातिको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले युराेकप जितेकाे हाे ।

वेम्बली स्टेडियममा इंग्ल्याण्डलाई जित दिलाउन एला टुन र क्लाे केलीले एक/ एक गाेल गरे । जर्मनीका लागि लिना मगलले एक गाेल फर्काइन् । 

रोमाञ्चक बनेको खेलको ६२ औं मिनेटमा टुनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएकाे थियो । ११० औं मिनेटमा केलीले गरेकाे गाेल निर्णायक बनेपछि इंग्ल्याण्डले पहिलाेपटक युराेकपकाे उपाधि उचाल्याे ।





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ६:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया