ट्रफी डेस च्याम्पियन्सको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । गएरातिको खेलमा नान्टेसलाई ४–० ले हराउँदै पिएसजीले उपाधि जितेको हो ।
पिएसजीलाई जित दिलाउन नेयमारले दुई तथा लियोनल मेस्सी र सर्जियो रामोसले एक/एक गोल गरे । खेलको २२ औं मिनेटमा मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको थप गरिएको समयमा नेयमारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५७ औं मिनेटमा रामोसले पिएसजीका लागि तेस्रो गोल गरे । ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।
८२ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ४–० को जित सहज दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।