ट्रक किन्ने भन्दै जंगलमा लगेर आफ्नै साथीको हत्या

ट्रक किन्ने भन्दै एक जनाले आफ्नै साथीको हत्या गरेको खुलेको छ । प्रहरीका अनुसार अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ६ पांग्रे ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको खुलेको हो । 

गौतमले बुटवलमा पाण्डेसँग १६ लाख रुपैयाँमा ट्रक किन्ने सहमति भएको थियो । त्यसपछि गौतमले साउन ९ गते अर्घाखाँची पोखराथोक घरमा गएर पैसा बुझाउने भन्दै पाण्डेलाई फकाएर ल्याएका थिए । बेलुका सँगै घरमा खाना खुवाएर राति सँगै बसे । 

अर्को दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउँमा लगेर गौतमले पछाडिबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए ।  

साथीको हत्या गरी फरार रहेका गौतमलाई प्रहरीले नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिसकेको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ९:४७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया