\
पोखराको कमलपोखरी आसपासका घर डुबानमा परेका छन् । आइतबारदेखिको अविरल वर्षाले दर्जनौं घर डुबानमा परेका हुन् ।
कमलपोखरीको सिमसार क्षेत्रमा केही वर्षयता निकै धेरै संख्या घरहरू निर्माण भएका छन् । सिमसारमा घर निर्माण हुँदा पानीको निकास रोकिएको छ । केही वर्षयता यो ठाउँ डुबानमा पर्न थालेको हो ।
पोखरा–१३ का वडाध्यक्ष किरण बरालले जमेको पानी निकास काहुँखोला र दुई कुलाको मुहानतिर खोल्न लागेको जानकारी दिए । उनका अनुसार काहुँडाँडादेखि फूलबारीतिरबाट पनि आएको पानीले जलमग्न बनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।