म्यानमारमा संटकाल ६ महिना थपियो

म्यानमारमा राष्ट्रिय संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याइएको छ । म्यानमारको नेशनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो ।

सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको संकटकालीन अवस्था अरू ६ महिना थपिएको जानकारी दिएको हो । सो काउन्सिलले यहाँ आम निर्वाचन गर्ने प्रयोजनका लागि समय आवश्यक रहेको भन्दै त्यसका लागि संकटकालीन अवस्था अरू ६ महिना थप्नुपरेको जनाएको छ । म्यानमारको संविधानअनुसार यहाँ संकटकालीन अवस्था बढीमा दुई वर्षसम्म घोषणा गर्न मिल्छ ।

यहाँका कार्यवाहक राष्ट्रपति यु मिन्त स्वेले गत वर्षको १ फेब्रुअरीमा एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए । त्यसपछि यही वर्षको जनवरी ३१ मा यहाँको नेशनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले संकटकाल लम्ब्याएको थियो ।

म्यानमारमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर सैनिकले सत्ता हत्याएको छ । यहाँको सैनिक सरकारले बहुदलीय प्रतिस्पर्धात्मक आम निर्वाचन गर्ने तयारी थालेको जनाएको छ । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १३:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया