राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरूले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरूले नै गर्नुपर्ने बताएका छन् । उनले एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनुपर्छ । जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ, संरचनामा सुधार गर्नुपर्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले दलको विकल्प दल नै हो भन्ने जनचेतना जगाउनुपर्ने पनि उल्लेख गरेका छन् ।
‘प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरूले नै गर्नुपर्छ । एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ, दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ । जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ । संरचनामा सुधार गर्नुपर्छ, प्रजातन्त्रको विकल्प छैन,’ थापाले लेखका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।