करोडौँ खर्च भएको निर्माणाधिन विद्यालय भवन वर्षौँदेखि अलपत्र

बाजुरा बुढीनन्दा नगरपालिका - २ मा रहेको जनप्रकाश माध्यमिक विद्यालयको निर्माणाधीन भवन अलपत्र अवस्थामा रहेको छ । ८ वर्ष देखि निर्माणाधीन भवन अलपत्रमा परेको हो । भारतीय दूतावासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश माविको भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको स्थानीयहरू बताउँदै आएका छन् ।

२०७२ चैत २८ गते सम्झौता भएको हो । सम्झौता भएको १५ महिनामा सक्नुपर्ने हो तर, हालसम्म ३० प्रतिशत काम मात्र सम्पन्न भएको छ । सम्झौता भएको मितिले ०७४ को भदौमा काम गरी सक्नुपर्ने भए पनि हालसम्म कुनै पनि काम नगरी अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

भारतीय दूतावाससँग सम्झौता भएको ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैयाँ रकम हो । जिल्ला समन्वय समिति बाजुराको तथ्याङ्कमा विद्यालयको भवनका काम ३० प्रतिशत मात्र सम्पन्न भएको उल्लेख गरिएको छ ।

भारतीय दूतावासको सहयोगमा २ छात्रावास भवन र १ विद्यालय भवनका लागी सहयोग गरेको हो । निर्माण कार्यमा स्थानीय ठेक्काको जिम्मा लिएको गाल्वा निर्माण सेवा प्रालिका ठेकेदारको लापरबाहीले काममा हुन नसकेको स्थानीयहरू बताउने गरेका छन् । भवन निर्माणका गर्ने नाममा हाल सम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैयाँ ९ पैसा खर्च भएको छ । 

१५ महिनामा काम गरिसक्ने सम्झौता भए पनि ठेकेदारले काम नगरेको विद्यालय व्यवस्थापन समितिको आरोप रहेको छ । म्याद थपका लागी निर्माण सेवा कम्पनीलाई विद्यालय व्यवस्थापन समितिले पटक–पटक पत्राचार गरिएको भए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको विद्यालयले जनाएको छ । १५ महिना सम्म ३० प्रतिशत पनि काम नभएको जिल्ला समन्वय समितिको कार्यालयको रिपोटमा उल्लेख गरिएको छ । भवन निर्माणको सम्झौताको म्याद ०७४ को भदौमा नै गइसकेको बताएको छ ।



आर्थिक वर्ष २०७५/०७६ को महा लेखा परीक्षणको प्रतिवेदन अनुसार १ करोड ८३ लाख ६० हजार ४ सय ३८ रुपैयाँ निकासा गरिएको जनाएको छ । मलेपको प्रतिवेदनमा उल्लेख भए अनुसार १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैयाँ ९ पैसा खर्च भएको देखिएको छ । पेस्की ४८ लाख ९३ हजार २ सय ६ रुपैयाँ पेस्की रहेको रिपोटमा उल्लेख गरिएको छ भने बैकं मौज्जाद १४ लाख ४८ हजार २ सय ९६ हजार रुपैयाँ रहेको मलेप रिपोटमा उल्लेख गरिएको छ ।

तत्कालीन जिल्ला विकास समितिका प्रमुख स्थानीय विकाश अधिकारी अर्जुनप्रसाद सुबेदी भारतीय दूतावासका सह-सचिव गम्भीर सिंह र जनप्रकाश माध्यमिक विद्यालयका प्राचार्य अनोजराज गिरी बीच सन २०१५ नोभेम्बर ६ तारिखमा तिन पक्षीय सम्झौता भएको थियो प्राविधिकहरूका अनुसार हाल भएको कामहरू सबै जीर्ण बनिसकेकाले जगदेखि नै पुनः बनाउनुपर्ने अवस्था भएको छ ।



भवनको अवस्था बारे बुझ्न १३ गते मात्र बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनककुमार बोहरा र विद्यालयका प्राचार्य अनोजराज गिरी लगायतको टोली भारतीय दूतावासमा पुगेको थिए । नगरपालिका दिएको जानकारी अनुसार केही समयको छलफल पश्चात् दूतावास सकारात्मक रहेको र केही दूतावासको एक टोली स्थलगत अनुगमन गरी नयाँ प्रक्रियाबाट अगाडि बढ्ने दाबी गरिएको छ । 

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १६:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया