मुगुमा खाद्यान्न वितरण आइतबार मात्र

हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो । 

मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो । हिजो मात्र एक सयभन्दा बढी क्विन्टल चामल बिक्री वितरण भएको कार्यालयले जनाएको छ । नयाँ चामल ढुवानीको लागि ठेक्का प्रक्रिया सुरु भइ भोलि अन्तिम समय रहेको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुखका अनुसार दुर्गम हिमाली जिल्लाहरुमा खाद्यान्नको नीति अनुसार विपद्, आगलागी जस्ता घटनाहरु घटेमा आपतकालीन र तत्काल राहत उपलब्ध गराउनु पर्ने नीति अनुसार ८ सय ५० क्विन्टल चामल मौज्दातमा राखिएको छ। गरिब, विपन्नहरको समस्यालाई मध्येनजर गर्दै खाद्य व्वयवस्था तथा व्यापार कम्पनीले हप्ताको एक दिन मात्र खाद्यान्न वितरण गर्न लागेको उनले बताए ।

खाद्यान्नमा चामल मौज्दात कम हुनु र एक बार मात्र खाद्यान्न खुलाइनुले मुगाली जनताहरु बजारको महँगो शुल्क तिरेर उपभोग गरेको जनाइएको छ । शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुँदा स्थानीयले बजारबाट महँगोमा खरिद गर्न बाध्य छन् । 

'बजारमा आएको चामल प्रति प्याक १५ सयदेखि २ हजारसम्म बिक्री हुन्छ, किनेर खान सकिँदैन,' सोमवार चामल चामल लिन आएका छायानाथ रारा नगरपालिका वडा नं १३ रुगाका एकल महिला सुकुमा लावडले बताइन् ।

उनले भनिन् ‘आइतबार  मात्र खाद्यान्नको कार्यालय खुल्छ भनेर थाहा नै थिएन, घरमा बिहान बेलुका खाने छैन, बजारमा किनेर खाउ भने धेरै पैसा तिर्नुपर्छ,’ लावडले भनिन् । सोमबार पुगेका कारण उनी चामल नलिई रित्तै फर्किएकी थिइन् । 



डिपो कार्यालय रित्तै 

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा बिक्री केन्द्र रित्तै छन् ।



डिपो केन्द्रहरुमा कोटा अनुसारको खाद्यान्न ढुवानी हुनु र ठेक्का प्रक्रिया भइरहेको कारण समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ । 

डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा आइतबार मात्र चामल लिने सेवाग्राहीको भीड लागेको छ ।

  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार २१:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया