आज नागपञ्चमी, यस्तो छ धार्मिक विश्वास

सनातन धर्मावलम्बीले आज नागपञ्चमी पर्व मनाउँदैछन् । आजको दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि  विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ । 

चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ । मूलढोकामा नागको तस्बिर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ । 

विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ ।

एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका  छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ । अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ ।  

कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको छ ।  





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ७:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया