प्रदेश-१ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना  पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो ।

पिसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना पुष्टि भएको हो ।  सचिवालयका अनुसार मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ९:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया