तेह्रथुमको छथरमा छोराको कुटपिटबाट बाबुको मृत्यु

तेह्रथुमको छथर गाउँपालिकामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ बर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो । 

मंगलबार विहान भण्डारीका २४ बर्षीय छोरा टंकले धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 
घाइते  भण्डारीलाई उपचारका लागि छथर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार ११:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया