नेपालमा एक वर्षमा भित्रियो १ अर्ब ३४ करोडको सिफुड

नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो । 

सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा सिफुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सिफुड आयात गरेको थियो ।    





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १२:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया