नेपाली राजनीतिमा क्रान्तिकारीहरूको हत्या गरेको इतिहास छः जनार्दन शर्मा

अर्थमन्त्री जर्नादन शर्माले क्रान्तिकारीको हत्या गर्न सक्ने नराम्रो इतिहास नेपाली राजनीतिमा भएको बताएका छन् ।

मंगलबार संवाद डबलीले ३०औँ किसान शहीद दिवस तथा ९३औँ भीमदत्त पन्त स्मृति दिवसको क्रममा मन्त्री शर्माले उक्त अभिव्यक्ति दिएका हुन् ।

भीमदत्त पन्तलाई आफ्नै मितले अन्तर्घात गरेर टाउको काटेको उदाहरण दिँदै शर्माले नेपालमा क्रान्तिकारीको हत्या हुने प्रचलन रहेको टिप्पणी गरे ।

भूमिहीनका हक अधिकारका लागि लडेका भीमदत्त पन्तको उदाहरण दिँदै मन्त्री शर्माले भने, 'आज समाज निरन्तर परिवर्तनशील छ । परिवर्तनशील समाजमा अग्रगामी पाटो भनेको परिवर्तन हो । त्यसलाई पश्चगामी चेतले जहिले पनि रोक्ने, छेक्ने पर्यन्त गर्छन् । र यो देशको संस्कृति फेरि पनि लालबहादुरहरू जन्मिन्छन् र अन्तर्घात गर्छन् । लालबहादुरहरूले अन्तर्घात गरेको इतिहास भीमदत्त पन्तबाट सुरु भएको र आजको दिनसम्म पनि निरन्तर राजनितिक क्षेत्रमा काम गर्नेहरुले भोगेको कुरा हो ।’

उनले अगाडि थपे, ‘अन्तर्घात गरेर आफ्नै मितज्यूको हत्या गर्न सक्ने, क्रान्तिकारी नेताको हत्या गर्न सक्ने इतिहास राजनीतिक क्षेत्रमा छ । क्रान्तिकारी र परिवर्तनकामीको टाउको काट्ने प्रचलन पनि छ । त्यो प्रचलनविरुद्ध सबै सचेत वर्ग, क्षेत्रले अन्त्य गर्दै जानु पर्दछ ।’

अर्थमन्त्री शर्माले बजेटको नीति तथा कार्यक्रममार्फत लघुवित्तले ऋण दिनुपर्छ भन्ने कुरा अगाडि बढाइएको बताए । कृषि उत्पादन बढाउने आयात घटाउने नीति लिइएको उनको भनाइ थियो । राष्ट्रियता भनेकै सवल अर्थतन्त्र भएकोले सबैले उत्पादन क्षेत्रमा लाग्नु पर्ने शर्माले बताए ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १५:८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया