बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।  

म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् । 

केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् । 
 





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १५:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया