एन्फा कार्यसमिति बैठक २६ साउनमा बस्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य बैठक २६ साउनमा बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो । 

एन्फाले मंगलबार  बैठक २६ साउनमा सातदोबाटोस्थित मुख्यालयमा बिहान १० बजे सुरु हुने जनकारी गराएको हो । यसअघि २ साउनमा बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो ।

पहिलोपटक स्थगित भएको तीन दिनपछि पाँच साउनमा बोलाइएको अर्को बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

८ असारमा एजेन्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन ।

गत ६ असारमा भएको चुनावी साधारणसभाबाट नेम्वाङको नेतृत्वमा एन्फा नयाँ कार्यसमिति चुनिएको थियो ।





  • प्रकाशित मिति : साउन १७, २०७९ मंगलबार १५:४९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया