लयमा फर्कदै श्रीलंका, सरकारी कार्यालय शुक्रबार पनि खुला हुने

श्रीलंकाका सरकारी कार्यालयहरू अब शुक्रबार पनि खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार रद्द गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो । अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्षसहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै, व्यावसायिक प्रतिष्ठान तथा बजार पनि बेलुका चाडै बन्द गर्नु पर्ने व्यवस्था गरिएको थियो । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले आगामी शुक्रबारदेखि नै यो निर्णय कार्यान्वयन हुने जानकारी दिए ।

श्रीलंकामा आर्थिक संकट उत्पन्न भएपछि इन्धन खरिद गर्न नसकेर देशभरी इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक संकटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ७:४०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया