जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रवीन धितालसहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरेको अवस्थामा फेला परेका छन । ।
बेलुका ७ बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको अवस्थामा फेला परेका हुन् ।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरूलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई बुझाएको छ ।
कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए । सरकारी कार्यालय भित्र मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन भन्दै नेकपा भेरी नगर कमिटी ईन्चार्ज विराजन शाहीले कारबाहीको माग गरेको बताए ।
यसबारेमा बुझ्न खोज्दा आफ्नै क्वार्टरको बाहिर साथीभाई बसिरहेको कार्यालय प्रमुख धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आवश्यक कारबाही गरिने बताए । उनले भने, ‘छलफलका लागि बोलाएका छौं, आवश्यक कारवाही हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।