सन्दीप लामिछाने बिबिएलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आउँदो सिजनको बिग ब्यास लिग (बिबिएल) को ड्राफ्टमा समावेश भएका छन् । अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिबिएलको ड्राफ्टमा उनीसहित १६९ विदेशी खेलाडी समावेश भएका हुन् ।

१६९ खेलाडी विभिन्न १३ देशका रहेका छन् । बिबिएलका टिमले आगामी २८ अगस्टमा ड्राफ्टमार्फत विदेशी खेलाडी आफ्नो टिममा अनुबन्ध गर्नेछन् । बिबिएल टिमले यसपटकदेखि ड्राफ्टमार्फत विदेशी खेलाडी भित्र्याउन लागेका हुन् ।

सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले रिटेन गर्ने सम्भावना बाँकी नै छ । उनले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलेका थिए । हरिकेन्सबाट खेल्नुअघिको दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले बिबिएलमा लगातार चार सिजनमा ४३ खेल खेलिसकेका छन् । जसमा उनले ४८ विकेट विकेट लिएका छन् । 





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ९:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया