नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपालको यू–२० टोलीका खेलाडी प्रतिभावान रहेको बताएका छन् ।
भारतमा जारी साफ यू–२० च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अलमुताइरीले युवा टोलीमा प्रतिभावान खेलाडी रहेको तथा उनीहरूले आगामी दिनमा नेपाली फुटबलमा राम्रो गर्न सक्ने बताएका हुन् ।
उनले लेखेका छन् ‘साफ यु–२० च्याम्पियनसिपको यात्रा केही सकारात्मक र केही नकारात्मक रूपमा अन्त्य भएको छ । प्रतियोगिताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको हामीले भविष्यमा नेपाली फुटबलका लागि उत्कृष्ट गर्न सक्ने प्रतिभावान युवा खेलाडी उत्पादन गर्न सफल भएका छौँ । म तपाईंहरुसँग काम गर्न निकै उत्साहित छु । अब साफ यु–२० मा हारेको नराम्रो भावना बिर्सिँदै ती गल्तीबाट केही सिक्न र त्यसलाई सुधार गर्नमा ध्यान केन्द्रित गर्नुहोस् ।’
उनले नेपाली सिनियर टोलीको कुनै मैत्रीपूर्ण फुटबल खेल नभए आगामी महिना बहराइनमा हुने एएफसी यू–२० एसियन कप छनोट हेर्न जाने समेत बताएका छन् । उनले थपे ‘यदी अर्को महिना नेपाली सिनियर टोलीको कुनै मैत्रीपूर्ण खेल नभए म अवश्य पनि बहराइनमा हुने एएफसी यु–२० एसियन कप छनोटमा तपाइँहरुको खेल हेर्न उपस्थित हुनेछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।