अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको कार्यालयद्वारा गत आर्थिक वर्ष २०७८/०७९ मा ७० दशमलब ७५ प्रतिशत उजुरीको फर्छ्योट गरेको छ ।
आयोगको हेटौंडा कार्यालयमा परेका १ हजार ६ सय वटा उजुरीमध्ये एक हजार एक सय ३२ वटा उजुरीको फर्छ्योट भएको आयोगको हेटौंडा कार्यालयले जनाएको छ । फर्छ्योट हुन बाँकी ४ सय ६८ वटा उजुरी चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको छ ।
आयोगको हेटौंडा कार्यालयमा सबै भन्दा धेरै उजुरी स्थानीय तहका रहेका छन् । आयोगको कार्यालयमा बारा, रौतहट र मकवानपुर जिल्लाका सबै भन्दा धेरै उजुरी परेका छन् ।
यसैगरी बितेको आर्थिक वर्षमा विस्तृत अनुसन्धानमा गएका ८७ वटा उजुरीको फर्छ्योट गरेको छ । विस्तृतमा गएका उजुरी मध्य ७ दशमलब ६९ प्रतिशत उजुरीको मात्र फर्छ्योट गरेको कार्यालयको तथ्यांक छ ।
आयोगको हेटौंडा कार्यालयले रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा गरी जम्मा ११ वटा जिल्लाहरु हेर्दै आएको छ । रसुवा र दोलखा जिल्ला भने प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।