रोनाल्डो र म्याग्वायर ट्विटरमा सबैभन्दा बढी गाली खाने प्रिमियर लिगका खेलाडी

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान ह्यारी म्याग्वायर सामाजिक सञ्जाल ट्वीटरमा सबैभन्दा बढी आलोचना खेप्ने प्रिमियर लिगका खेलाडी रहेको एक अध्ययनले देखाएको छ ।

अफकमले गत सिजनको पहिलो हाफमा २३ लाख ट्वीटको अध्ययन गर्दा ६० हजारभन्दा बढी गालीगलौज गरिएका ट्वीट फेला परेको थियो । त्यसमध्ये आधाभन्दा बढी प्रिमियर लिगका १२ खेलाडीमाथि लक्षित थियो । यसमा पनि ८ जना युनाइटेडका खेलाडी थिए ।

एलन टुरिङ इन्सटिट्युटले १३ अगस्ट, २०२१ देखि २४ जनवरी, २०२२ सम्म गरेको अध्ययनमा रोनाल्डो लक्षित सबैभन्दा बढी १२ हजार ५२० गालीगलौज युक्त ट्वीट गरिएका थिए ।

दोस्रो स्थानमा ह्यारी म्याग्वायर लक्षित ८ हजार ९५४ ट्वीट भएका थिए । त्यसपछि यो सूचीमा क्रमशः मार्कस रासफोर्ड, ब्रुनो फर्नान्डेज, ह्यारी केन, फ्रेड, जेसे लिन्डगार्ड, ज्याक ग्रिलिस, पाउल पोग्बा र डेभिड डि गिया छन् ।

इन्सटिट्युटले अधिकांश फ्यानले जिम्मेवारीपूर्ण ढङ्गले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पनि उल्लेख गरेको छ । यो अध्ययनले सुन्दर खेलको अँध्यारो पक्षलाई उजागर गर्ने अफकमका निर्देशक केभिन ब्याकहर्सटले बताए ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १५:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया