सवारी दुर्घटनामा परी दक्षिण कोरियामा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा सवारी दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । मंगलबार कोरियाको ख्यांगिदो प्रान्तको पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको हो । 

तीन वर्षअघि एपिएस प्रणलीबाट कोरिया गएका मगर साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका थिए । फेरि, मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको बताइएको छ । 

बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मी खोज्न जाँदा साइकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार २०:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया