ताराखोलाले शहीद तथा वेपत्ता भएका परिवारलाई मासिक भत्ता दिने
फाइल तस्बिर

बागलुङको ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाले मासिक भत्ता दिने भएको हो । 

पालिकाले शसस्त्र द्वन्द्वका क्रममा शहीद भएका तथा वेपत्ता भएका २७ जनाको परिवारलाई मासिक एक हजार ५०० का दरले भत्ता दिने निर्णय गरेको हो । पालिकाले द्वन्द्वका क्रममा नै भौतिक संरचना गुमाएको परिवारलाई रोजगारी दिने गरी पनि नीति ल्याएको छ । 

गाउँसभाबाट नीति तथा बजेटमा समेटे अनुसार पालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित भएपछि आगामी महिनादेखि मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाको तयारी छ ।


 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार ७:१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया