काठमाडौं– वैदेशिक रोजगारमा जान चाहनेले शुक्रबारदेखि प्रदेश ७ बाट पनि श्रम स्वीकृत लिन पाउने भएका छन् ।
प्रदेश ७ को राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट स्वीकृति लिने पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
संघीयता कार्यान्वयनसँगै वैदेशिक रोजगार विभागको चाप कम गर्न मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि पुस १५ देखि प्रदेश २ को राजधानी जनकपुर र प्रदेश ५ को राजधानी बुटवलबाट पनि श्रम स्वीकृतलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन सुरु गरेको थियो । यस्तै, गण्डकी प्रदेशको पोखरा तथा कर्णालीको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायतका सेवा प्रदान सुरु गरिसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।