नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकिपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा ४ जना विदेशी नागरिकमा मंकिपक्स संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् ।
उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकिपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् ।
ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । विश्व स्वास्थ्य संगठनले मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।