कैलालीमा मोटरसाइकल दुर्घटना : तीनजना घाइते, एकको अवस्था गम्भीर

कैलालीको धनगढी उपमहानगरपालिका–८, बुद्धचोकमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये मोटरसाइकलमा पछाडि सवार धनगढी–८ बस्ने जोशीरपुरकी २४ वर्षीया पारु चौधरीको अवस्था गम्भीर छ ।

घाइते सबैको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आज बिहान करिब ३ बजे तीनजना सवार सुदूरपश्चिम प्रदेश ०१ ००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई चोकमा रहेको सालिकमा ठोक्किएको हो । 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १०:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया