सरकारले ४ मंसिरमा संघीय निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले एकै चरणमा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि २०७४ सालमा संघीय र प्रदेशसभाको चुनाव २ चरणमा भएको थियो ।
बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारलाई संघीय निर्वाचनको मिति घोषणा गर्नका लागि सुझाएको थियो ।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति घोषणा गर्नका लागि सिफारिस गरेको थियो ।
मिति घोषणा भएसँगै प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनाव हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।