बझाङमा १२ किलो लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ घर भएका ४३ वर्षीया वीरेन्द्रबहादुर खडायत रहेका छन् ।
खडायतलाई बझाङको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषध चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी ज्ञान बहादुर विष्टले बताए ।
विशेष सूचनाको आधारमा बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा १२ किलो लागुऔषध चरेश फेला परेको हो ।
खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।