मधु मरासिनीलाई मन्त्रिपरिषद्को कार्यालयमा सुरुवा, पुष्करलाई अर्थसचिवको जिम्मेवारी
फाइल तस्वीर

अर्थ मन्त्रालयका अर्थसचिव मधु मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

बिहीबार बसेको बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गर्नेगरी सरुवा गरेको हो । उनी जनार्दन शर्मा अर्थ मन्त्रीमा पुन: नियुक्त भएलगत्तै बिदामा बसेका थिए ।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनी असन्तुष्ट बनेका थिए । त्यसलगत्तै उनी बिदामा बसेका थिए । शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएपछि मन्त्रालय फर्किएका मरासिनी शर्मा नै पुनः मन्त्री नियुक्त भएपछि सरुवा मागेका थिए ।

सरकारले मरासिनीको स्थानमा राजश्व सचिव कृष्णहरि पुष्करलाई ल्याएको छ । अर्थ मन्त्रालयमा दुई जना सचिव रहने अभ्यास रहेको छ । नयाँ सचिव नखटाउँदासम्म पुष्करलाई उक्त जिम्मेवारी दिने सरकारले निर्णय गरेको हो ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १७:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया