उम्मेदवारी दर्तासँगै सांसदको पद स्वतः सकिन्छ : प्रमुख आयुक्त थपलिया
फाइल तस्वीर

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उम्मेदवारी दर्ता गरेसँगै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पद सकिने बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । उनले त्यसको कानुनी व्याख्या गरेर आयोगले सार्वजनिक गर्न पनि बताए ।

सरकारले मंसिर ४ गतेका लागि निर्वाचन मिति तोकिएपछि आयोगले आज पत्रकार सम्मेलन गरेर सबै उम्मेदवारका लागि समान प्रतिस्पर्धाको वातावरण बनाउनका लागि बहालवाला सांसदको पदावधिबारे टुंगो लगाइने बताए ।

'प्रतिनिधिसभा र प्रदेशसभाको पदमा दशैँलगत्तै उम्मेदवारी दर्ता गर्नुपर्ने गरी मिति तय गर्नुपर्ने देखिन्छ, उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः सकिएको मानिनुपर्छ भन्ने आयोगको धारणा छ । कानुनसम्मत् ढंगले व्याख्या गरेर अगाडि बढाउँछौँ,' उनले भने ।

यद्यपि उनले प्रदेशसभा र प्रतिनिधिसभाको कार्यकालको व्याख्या आयोगले नगर्ने बताए । उनले निर्वाचित भएको मितिबाट कार्यकाल सुरु हुने र त्यसको पाँच वर्षमा सकिने व्यवस्था रहेको पनि स्मरण गराए । उनले सांसदहरूको पदावधि अन्तर्राष्ट्रिय मूल्य मान्यता, संसदीय अभ्यास, संविधान र कानुनी व्यवस्थाअनुसार हुनुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १७:२५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया