सांसद रावलको प्रश्न : एसपिपीमा संलग्न हुँदैनौँ भन्ने, तर प्रधानसेनापतिलाई आइपिएसको कार्यक्रममा पठाउने ?

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भने पनि प्रधानसेनापतिलाई आइपिएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको सांसद रावलले बताए । सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपिपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको उनको आरोप छ । 

एसपिपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमूक देशका राजदूतावासका कर्मचारीले पढ्न पाउने, तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको उनले बताए । अमेरिकालाई एसपिपीमा सहभागी हुन्नौँ भन्ने पत्र सांसदले माग्दा परराष्ट्रमन्त्रीले सरकारप्रति अविश्वास गर्ने भन्दै प्रश्न गरेको उल्लेख गर्दै सांसद रावलले सरकार नै जनताप्रति र संसदप्रति जवाफदेही नभएको आरोप लगाए ।

सरकारप्रति धेरै अविश्वास रहेको उल्लेख गर्दै उनले उल्टो तर्क दिएर सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए । सरकार विदेशीलाई पहिलो प्रथमिकतामा राख्ने र विदेशीसामु लम्पसार पर्ने स्थितिमा रहेको भन्दै सांसद रावलले सरकार लोकतन्त्रविरोधी काम गर्नेतर्फ अग्रसर भएको आरोप लगाए । 





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १८:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया