मंसिर ४ गते निर्वाचन गर्ने सरकारको घोषणालाई सहृदय स्वागत : प्रदीप पौडेल
फाइल तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल सरकारको मंसिर ४ गतेमा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । निर्वाचनको मिति घोषणाले विधि र पद्धतिमा विश्वास राख्ने लोकतन्त्र पक्षधर सबैलाई थप बलियो बनाएको बताए ।

'सरकारले यही मंसिर ४ गते सम्पन्न गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सरकारको यस घोषणालाई सहृदय स्वागत । यस घोषणाले विधि र पद्धतिमा विश्वास राख्ने लोकतन्त्र पक्षधर सबैलाई थप बलियो बनाएको छ' उनले भनेका छन् ।

सरकारले बिहीबार एकै चरणमा मंसिर ४ गते सम्पन्न गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आयोगले पनि बिहीबार नै पत्रकार सम्मेलन गरेर तयारी सुरु गरेको जनाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचनमा देखिएका त्रुटि र कमजोरीलाई दोहोरिन नदिने गरी काम गरिने बताएका छन् । उनले दशैँलगत्तै मनोनयन दर्ता सुरु गर्नेगरी तालिका बनाउने पनि बताएका छन् ।

मंसिर ४ गते १६५ प्रतिनिधिसभा सदस्य र र सात प्रदेशका ३३० प्रदेशसभा सदस्यका लागि एकै चरणमा निर्वाचन हुने छ । यसअघि २०७४ सालमा संघीय र प्रदेशसभाको चुनाव २ चरणमा भएको थियो ।





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार १९:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया