सेप्टेम्बरदेखि भारतका हलमा ‘सम्झना–बिर्सना’

नेपालपछि प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका सहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ पुग्न लागेको हो । 

निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेक्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी,जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने तयारीमा रहेको जानकारी दिए । 

‘हामी चरण–चरणमा गरेर फिल्म रिलिज गर्दै छाँै,’ दार्जिलिङबाट उनले भने, ‘दोस्रोे चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदै छ भने तेस्रोे चरणमा २१ अक्टोबरमा बाँकी सहरहरुमा प्रदर्शन गर्दै छाँै ।’ उनले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताए । 

भने, ‘इन्डियामा नेपाली फिल्मको मार्केट एकदम राम्रो छ । तर हामीले सही बजार खोज्न सकेका छैनौँ ।’ उनले आफू नेपाली फिल्मको बजार बिस्तारका लागि दीर्घकालीन सोचका साथ  ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाए । 

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै, तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छाँै,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हाँै । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् । 



दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ । 


 



  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार २१:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया