धरानकी पूर्वमेयर भण्डारीले मेयर साम्पाङविरुद्ध साइबर अपराधमा मुद्दा हाल्ने

धरान उपमहानरकी निवर्तमान उपप्रमुख मन्जु भण्डारीले धरानका नगर प्रमुख हर्क साम्पाङविरुद्ध साइबर अपराधमा मुद्दा हाल्ने बताएकी छन् । फेसबुक पेज ‘हर्क साम्पाङ ए रेभुलुसन’ बाट पोष्ट भएको एक विषयलाई लिएर उनले मुद्दा हाल्ने तयारी गरेकी हुन् । 

भण्डारीले बिहीबार पत्रकार सम्मेलन गर्दै साम्पाङको पेजबाट आफ्नो नाममा जातीय सद्भाव बिथोल्ने खालको पोस्ट आएको भन्दै साम्पाङविरुद्ध मुद्दा हाल्ने बताएकी हुन् । 

‘उनले भनेकी छिन्, ‘मेरो आइडीमार्फत सम्प्रेषण भएको जस्तो देखिने गरी फेक पोस्ट जेनेरेटर एप्लिकेसनको प्रयोग गरी आदिवासी जनजाति समुदायप्रति लक्षित गरेर जुन ढंगबाट धरानवासीको सामाजिक सद्‌भावमा चोट पुग्ने सामग्री उत्पादन गरी नगर प्रमुख हर्कराज राईको फेसबुक पेजमार्फत सम्प्रेषण भएको छ, उहाँको यस समाजिक द्वेष सिर्जना हुने खालको घृणित कार्यको म निन्दा गर्न चाहन्छु र खेद प्रकट गर्दछु ।’

पत्रकार मिलन बुढाथोकीले पनि आफ्नो फेसबुक आइडीको दुरुपयोग गरेर सामाजिक सद्भाव भड्काउने कोसिस भएको भन्दै साइबर अपराध ब्युुरो काठमाडौंमा मुद्दा हालेको बताएका छन् । 

बिहीबारै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्णमा मेरो अनुरोध, फेक आइडी खोलेर नचलाऔँ !’





  • प्रकाशित मिति : साउन १९, २०७९ बिहीबार २२:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया