सिट बाँडफाँड मिलाउन कार्यदल गठनको तयारीमा सत्ता गठबन्धन

मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका छन् । त्यसका लागि गठबन्धन दलका नेताहरू छलफलमा जुटेका छन् । आज पनि सत्ता गठबन्धनका दलहरु बीचको बैठक जारी छ । उक्त बैठकमा निर्वाचनमा सिट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले बताए ।

यसअघि स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगरसहित कतिपय स्थानमा गठबन्धन गरेर निर्वाचन गरेर ती दलले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने जनाएका छन् । 

नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार ८:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया