बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, चुनावी तालमेल र सिट बाँडफाँडबारे छलफल हुँदै

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसँगै पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

बैठकले ४ मंसिरमा मा हुने निर्वाचनमा तालमेल र सिट बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गर्न कार्यदल गठन गर्ने तयारी गरेको बताइएको छ । 

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १०:४८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया