सुर्खेतमा ९ हजारले मतदाता परिचय पत्रका लागि आवेदन दिए
फाइल तस्बिर

स्थानीय तहको निर्वाचन २०७९ पछि सुर्खेतमा ९ हजार भन्दा बढीले मतदाता परिचय पत्रका लागि आवेदन दिएका छन् । सुर्खेतको जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन र निर्वाचन आयोगको सुर्खेत कार्यालयमा मतदाता परिचय पत्रका ९ हजार २ सय ८५ जनाले आवेदन दिएका हुन् ।

परिचय पत्रका लागि आवेदन दिनेहरूको सङ्ख्या असारसम्ममा ४ हजार १ सय ९२ थियो । साउन महिनाको १९ गते सम्ममा ५ हजार ९३ जनाले आवेदन दिएको निर्वाचन आयोगको सुर्खेत कार्यालयका निर्वाचन अधिकृत दुर्गा चालिसेले जानकारी दिए ।

सरकारले मङ्सिर ४ गतेका लागि निर्वाचन मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजबाट मतदाता नामावली सङ्कलन कार्य स्थगित गरेको छ । 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १२:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया