एकताको भावनाले मात्र टोलीले ठूलो सफलता प्राप्त गर्न गर्छ : प्रशिक्षक गाल्टियर

फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियर एकताको भावनाले मात्र टोलीले ठूलो सफलता प्राप्त गर्ने बताएका छन् । यसै सिजन पिएसजी आएका उनले टोलीका सदस्यमा व्यक्तिगत स्वार्थ हाबी हुँदा योजना अनुसारको नतिजा नआउने भन्दै सबै खेलाडीलाई टोलीको भावना अनुसार प्रदर्शन गर्न आग्रह गरे ।

गाल्टियरले केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीजस्ता स्टार खेलाडीको उपस्थितिमा पनि टोलीले च्याम्पियन्स लिग उपाधि जित्न नसक्नुमा खेलाडीबीच एकता नहुनु प्रमुख कारण रहेको संकेत गरे । 

गत सिजन उनले निसको प्रशिक्षण सम्हालेका थिए । उनले नेयमार, एम्बाप्पे र मेस्सीजस्ता स्टार खेलाडी एकै टोलीमा विरलै हुने भन्दै उनीहरुको उपस्थितिमा टोलीले क्लब इतिहासकै ठूलो सफलता निकाल्नेमा विश्वस्त रहेको समेत बताए ।

गत सिजन एम्बाप्पेले लिग वानको ३५ खेलमा २८ गोल गर्दा नेयमारले २२ खेलमा १३ गोल गरे । यस्तै, मेस्सीको नाममा भने २६ खेलमा मात्र ६ गोल रह्यो ।

पिएसजीले शनिबार लिग वानको पहिलो खेलमा क्लेरमोन्टको सामना गर्दैछ । उक्त खेलमा गाल्टियरले यी तीनै खेलाडीलाई एकै साथ मैदान उतार्ने सम्भावना छ ।

‘टोलीमा नेयमार, मेस्सी र एम्बाप्पेको उपस्थिती छ’, उनले भने, ‘तर हामीले एउटा पक्षमा मात्र केन्द्रित हुनु भएन । टोलीमा सबैको तालमेल मिल्नु पर्यो । कुनै एक पक्षमा मात्र केन्द्रित हुँदा योजना अनुसारको सफलता मिल्दैन ।’ 





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १३:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया