राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद अन्त्य गर्न जनता पार्टीको सेवक नभई स्वाभिमानी र मालिक बन्नुपर्ने बताएका छन् । उनले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्म परिवर्तनको अन्त्य हुनुपर्ने भन्दै सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्तिको मंसिर ४ को चुनावले अन्त्य गर्नुपर्ने बताएका छन् ।
यो चुनावमा जनता पार्टीको सेवक होइन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्नेमा पनि उनको जोड छ ।
‘२०७९ मंसिर ४ को चुनावले लोकतन्त्रको आवरणमा लादिएको सर्वसत्तावाद, भ्रष्टाचार, वेरोजगारी, धर्म परिवर्तन, सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरूको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होईन स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।