अस्ट्रेलिया पलायन हुने विमल छैटौं नेपाली फुटबल खेलाडी

पछिल्लो समय नेपाली फुटबल खेलाडी विदेशिने क्रम बढिरहेको छ । यी खेलाडीको सूचीमा थपिएका छन् विमल राना ।

राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड विमल अस्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका उनी नेपालमा फुटबल खेल नभएपछि विदेशिएका हुन् ।

योसँगै उनी यो वर्ष अस्ट्रेलिया पलायन हुने छैटौं नेपाली फुटबल खेलाडी बनेका छन् । केही समयअघि मात्रै राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ र नवीन गुरुङ अस्ट्रेलिया पुगेका थिए ।

त्यस्तै, वर्षको सुरुवातमै आशिष लामा र सुमन लामा पनि अस्ट्रेलिया पलायन भइसकेका छन् । विमलले २०७५ चैतमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १६:१४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया