सुरक्षाकर्मीको कडाइपछि मुख्यमन्त्रीलाई दिन लगेको सारी-चुरा सडकमै फालेर विरोध
फरकधार / २० साउन, २०७९

चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले शुक्रबार मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।



भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रीहरुलाई शुक्रबार दिउँसो सारी, चुरा र लहठी प्रदान गर्न मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बाटो छेकेर सुरक्षामा कडाई गरेपछि सडकमै सो सामग्री फालेका छन् ।





आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई सारी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध गरेका छन् ।

आफूहरुले पटक पटक आन्दोलन गरे पनि सरकारले कुनै सुनुवाई नगर्दा सरकारका मन्त्रीहरुलाई चुरा, सारी, ब्लाउज र पेटीकोट प्रदान गर्न आफूहरु त्यहाँ पुगेको उनले बताए ।

त्यसैगरी साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ । भुमिहीन सुकुम्वासीहरु घरबारविहीन रहेको र उनीहरुको बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बच्चाहरुलाई राखेर प्रदर्शन गर्ने संयोजक यादवले बताए ।

यी दुबै दिनको विरोधपश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेस आन्दोलनभन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी दिए ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १६:५०:३०,   अन्तिम अपडेट : साउन २०, २०७९ शुक्रबार १६:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया